पोर्चुगलको रोमाञ्चक पुनरागमन: क्रोएसिया २–१ ले पराजित, रोनाल्डोको ऐतिहासिक गोलसँगै विश्वकपको राउन्ड अफ १६ मा प्रवेश

03 July, 2026 143 Views
पोर्चुगलको रोमाञ्चक पुनरागमन: क्रोएसिया २–१ ले पराजित, रोनाल्डोको ऐतिहासिक गोलसँगै विश्वकपको राउन्ड अफ १६ मा प्रवेश
143
पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। क्यानडाको टोरन्टो स्टेडियममा भएको रोमाञ्चक तथा विवादास्पद नकआउट खेलमा सुरुमा १–० ले पछि परेको पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको ५३औँ मिनेटमा क्रोएसियाका भेट्रान खेलाडी इभान पेरिसिचीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए
तर, ६८औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि बराबरी गोल फर्काए, जुन उनको विश्वकप नकआउट इतिहासकै पहिलो गोल हो। त्यसपछि खेलको ९४औँ मिनेटमा राफेल लेआओको पासमा सब्सिच्युट खेलाडी गोन्सालो रामोसले उत्कृष्ट हेडिङ गोल गर्दै पोर्चुगललाई २–१ को निर्णायक अग्रता दिलाए 
यो खेलको अन्त्यतिर भिडियो असिस्टेन्ट रेफ्री (VAR) को निर्णयले ठूलो नाटकीय मोड लियो। खेलको इन्जुरी समयको १३औँ मिनेटमा क्रोएसियाका जोस्को ग्वार्डिओलले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याएको जस्तो देखिएको थियो। तर, म्यारियो पासालिच अफसाइड पोजिसनमा रहेको भन्दै VAR रिभ्युले उक्त गोललाई अमान्य घोषित गरिदिएपछि क्रोएसिया स्तब्ध बन्न पुग्यो।
यो पराजयसँगै क्रोएसियाका ४० वर्षीय दिग्गज मिडफिल्डर लुका मोड्रिचको विश्वकप यात्रा सम्भवतः सदाका लागि समाप्त भएको छ। रोमाञ्चक जित हात पारेको पोर्चुगलले अब क्वाटरफाइनल प्रवेशका लागि आगामी सोमबार डलासमा आफ्नो परम्परागत प्रतिद्वन्द्वी स्पेनको सामना गर्नेछ।

Related Post