मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् । बस्नेतले आफ्नो फेसबुक स्टाटसमा ञषड्यन्त्रको नयाँ खेलझभन्दै यस्तो दाबी गरेका हुन् ।
उनले लेखेका छन्, हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो,
“तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयोस् किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएनरु म भए जान्थे, उहाँ पनि जानैपर्छ।”
यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ।
२ दिन अगाडि नै पुर्व राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री सुसीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ।
हिजै न्भलश् समूहको नाममा गरिएको बार्ता र सम्झौताको नाटक,
हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम,
“केपी ओली गिरफ्तार” भन्ने मिडिया ट्रायल
सबै कुरा एउटै दिशातिर संकेत गर्छन्।
उनीहरूको उद्देश्य होस्
महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने,
र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने ।
तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने
एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ।
पार्टी आफ्नो अडानमा अडिन्छ,
अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन।
तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझिसकिएको छ।
अब सशक्त प्रतिरोध हुनेछ,
र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ।
बस्नेतले एमाले यो सबै षड्यन्त्रको सामना गर्न पूर्णरूपमा सक्षम रहेको चेतावनी दिएका छन् ।