प्रधानमन्त्री पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया, अस्पतालमै निगरानीमा राखिने

15 October, 2026 72 Views
प्रधानमन्त्री पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया, अस्पतालमै निगरानीमा राखिने
72

काठमाडौँ । प्रधानमन्त्रीकी पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी काफ्लेको बिहीबार शल्यक्रिया गरिएको हो।

अस्पतालका अनुसार जनरल सर्जन प्राध्यापक डा. प्रसन्न वीर कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो।

त्रिवि शिक्षण अस्पतालका सहप्रवक्ता कालीप्रसाद रोसार्यका अनुसार शल्यक्रियापछि काफ्लेको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनलाई केही समय अस्पतालमै चिकित्सकीय निगरानीमा राखिने जनाइएको छ।

Related Post