44
माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग भेटवार्ता गरेकी छन् । भेटमा जिल्लाको समग्र सुरक्षा अवस्था, शान्ति सुव्यवस्था तथा सेवा प्रवाहका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको थियो ।