43
माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी९प्रलोपा०का संरक्षक डा। बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो । जहाँ उनको निधन भएको हो । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन् ।