पूर्वडीआईजी अर्जुन चन्द ठकुरीको निधन, उपचारकै क्रममा अन्तिम श्वास

01 July, 2026 27 Views
पूर्वडीआईजी अर्जुन चन्द ठकुरीको निधन, उपचारकै क्रममा अन्तिम श्वास
27

१७ असार — नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ।

करिब १० दिनअघि ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर गम्भीर घाइते भएका चन्दको उपचार काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भइरहेको थियो। उपचारकै क्रममा बुधबार बिहान उनको निधन भएको हो।

पूर्वडीआईजी चन्द नेपाल प्रहरीमा लामो समयसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै सेवा गरेका अनुभवी अधिकृतका रूपमा परिचित थिए। उनको निधनसँगै सुरक्षा निकायका पूर्व तथा बहालवाला अधिकारीहरूले दुःख व्यक्त गरेका छन्।

परिवारका अनुसार चन्दको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

उनको निधनप्रति विभिन्न व्यक्तित्व तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

Related Post