पूर्वमन्त्री तथा कांग्रेस नेता राजेन्द्र खरेलको निधन

22 June, 2026 136 Views
पूर्वमन्त्री तथा कांग्रेस नेता राजेन्द्र खरेलको निधन
136

असार ८ पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन भएको छ। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा खरेलको ८० वर्षको उमेरमा हिजो राति पौने १० बजे निधन भएको हो।

पछिल्लो समय दमको समस्या बढेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको नेपाली कांग्रेस स्रोतले जनाएको छ।

स्वर्गीय खरेल विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रेबाट सांसद निर्वाचित भएका थिए। लामो समयसम्म नेपाली कांग्रेसको संगठन विस्तार र पार्टी नेतृत्वसँग निकट रहेर सक्रिय राजनीतिक भूमिका निर्वाह गरेका खरेललाई कांग्रेसभित्र अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिन्थ्यो।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित सानेपामा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम तय गरिएको छ।

श्रद्धाञ्जली अर्पणपछि दिउँसो १ बजे काठमाडौंको पशुपति आर्यघाट मा उनको अन्तिम संस्कार गरिनेछ।

खरेलको निधनप्रति नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा विभिन्न राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

Related Post