पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि
55

माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा। बाबुराम भट्टराईलाई बुवा भोजप्रसादको अन्त्येष्टि गरिएको छ ।

९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो । केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचार गराइरहेका उनको त्यही निधन भएको थियो । अन्त्येष्टिमा प्रलोपाका नेता-कार्यकर्ताहरु सहभागी भएका थिए । अन्य राजनीतिक दलका उच्च तहका नेताहरु भने सहभागी भएका थिएनन् ।

Related Post