पर्यटक भिसामा धार्मिक कार्यक्रममा सहभागी २४ कोरियाली पक्राउ

09 October, 2026 89 Views
पर्यटक भिसामा धार्मिक कार्यक्रममा सहभागी २४ कोरियाली पक्राउ
89

 

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित नेपाल न्यु कोभेनन्ट कलेजमा धार्मिक तालिम तथा कार्यक्रममा सहभागी हुन आएका २४ जना दक्षिण कोरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरू असोज २० र २१ गते काठमाडौँ हुँदै विराटनगर पुगेका थिए। अक्टोबर १२ सम्म मोरङमा रहने कार्यक्रम रहेको उनीहरू लभ नेपाल मिसनको सहयोगमा सञ्चालित उक्त कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए।

पर्यटक भिसामा आएका विदेशी नागरिकले धार्मिक शिक्षा, तालिम तथा धर्म प्रचारमा सहभागी हुन नपाउने कानुनी व्यवस्थाविपरीत गतिविधि गरेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको स्रोतले जनाएको छ। पक्राउ परेकाहरूलाई आजै अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ।

Related Post