पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
53

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गल्छी गाउँपालिका–५ बाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका–५ का दिनेश तामाङहरी तामाङ रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Post