राजीनामाको तयारीमा रहेका गभर्नर पौडेल अर्थमन्त्री खनालको कारण रोकिए

08 October, 2025 338 Views
राजीनामाको तयारीमा रहेका गभर्नर पौडेल अर्थमन्त्री खनालको कारण रोकिए
338

असोज, काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा। विश्व पौडेल राजीनामाको तयारीबाट एकाएक पछि हट्नुको कारण बाहिर आएको छ। भदौ २३ र २४ गतेका प्रदर्शनपछि गठित नयाँ सरकारले पदभार ग्रहण गरेपछि अर्थमन्त्री रामेश्वर खनालसँगको पहिलो भेटमै उनले राजीनामाको संकेत दिएका थिए। तर, खनालले “तपाईंले कानुनअनुसार काम गरुञ्जेल राजीनामाको आवश्यकता छैन” भन्दै रोकिदिएपछि पौडेलले निर्णय बदलेका हुन्।

भैंसेपाटी र चितवनस्थित निजी निवासमा आगजनीपछि घरबारविहीन भएका पौडेल अहिले थापाथलीस्थित बैंक भवनमा बस्दै आएका छन्। बैंकले हाल उनलाई नयाँ आवासको खोजी गर्न सूचना जारी गरेको छ।
स्रोतका अनुसार, गभर्नरमाथि शैक्षिक योग्यताको विवाद, अख्तियार र सर्वोच्च अदालतमा मुद्दा, र जेन–जी कर्मचारीका नाममा उजुरीहरू परेपछि पौडेलमाथि दबाब बढेको थियो। तर अर्थमन्त्रीको समर्थनपछि उनले अहिलेका लागि पद नछोड्ने निर्णय गरेका छन्।

Related Post