राजेन्द्र लिङदेनलाई महामन्त्रीद्धय राण र शाहीको काउन्टर : कार्यसम्पादन बैठक बहिस्कार

15 October, 2025 126 Views
राजेन्द्र लिङदेनलाई महामन्त्रीद्धय राण र शाहीको काउन्टर :  कार्यसम्पादन बैठक बहिस्कार
126

असोज,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई महामन्त्रीद्धय डा.धवलशम्शेर राणा र कुन्ती शाहीले कार्यसम्पादन बैठक बहिस्कार गरेर काउन्टर दिने भएका छन् ।

 महामन्त्री धवलशम्शेरले आफ्नो पक्षका कार्यसम्पादन सदस्यलाई बैठक बहिस्कार गर्न लगाएर राप्रपा अध्यक्ष राजेन्द्रलाई साइजमा ल्याउन काउन्टर दिने  तयारी थालेका छन् । राणासँगै अर्का महामन्त्री कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर कार्यसम्पादन समितिमा उपस्थित नहुने जानकारी गराएका हुन्। अध्यक्ष लिङ्देनले आजका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

Related Post