राजदूतहरु फिर्ता बोलाउने निर्णयको कारण पेश गर्न सरकारलाई सर्बोच्चको आदेश

26 October, 2025 726 Views
राजदूतहरु फिर्ता बोलाउने निर्णयको कारण पेश गर्न सरकारलाई सर्बोच्चको आदेश
726

कात्तिक काठमाडौं । काठमाडौं  सर्वोच्च अदालतले नेपाली राजदूतहरु फिर्ता बोलाउने निर्णयको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ।  ११ देशका राजदूतहरु फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनके सुनवाई गर्दै सर्वोच्चले सोको कारण पेश गर्न भनेको हो।

राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको जिकिरसहित सर्वोच्च रिट परेको थियो। आइतबार सो निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले सरकारलाई कारण देखाउन भनेको हो। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई २० कात्तिकसम्म फिर्ता हुन निर्देशन दिएको थियो।

Related Post