रोल्पा पहिरो अपडेट : बेपत्ता दुई महिलाको शव फेला, एक घाइते

26 July, 2026 46 Views
रोल्पा पहिरो अपडेट : बेपत्ता दुई महिलाको शव फेला, एक घाइते
46

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार दिउँसो सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा गाई–बाख्रा चराउन गएका बेला पहिरोमा पुरिएर बेपत्ता भएका ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगरको शव आइतबार फेला परेको हो।

प्रहरीले दुवै जनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको जनाएको छ। उक्त पहिरोमा परी घाइते भएका ६० वर्षीय कुले घर्तीमगरको स्थानीय सेरम स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

Related Post