रसुवा बाढीपीडितका लागि अमेरिकाले ५ लाख डलर राहत दिने

27 August, 2026 20 Views
रसुवा बाढीपीडितका लागि अमेरिकाले ५ लाख डलर राहत दिने
20

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अमेरिकाले ५ लाख अमेरिकी डलर अर्थात् करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी आपत्कालीन सहयोग गर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त रकम क्याथोलिक रिलिफ सर्भिसेजमार्फत  राहत सामग्री, अस्थायी आवास, खानेपानी, सरसफाइ र स्वच्छताका लागि खर्च गरिनेछ।

बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिकाले मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना जनाएको छ। विपद्को यस कठिन घडीमा नेपालसँग अमेरिका साथमा रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

त्यस्तै, बाढीपछिको अवस्था अनुगमन तथा राहत र पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न अमेरिकाले विपद् प्रतिकार्य सल्लाहकार समेत प्रभावित क्षेत्रमा खटाउने भएको छ।

यसैबीच, काठमाडौँस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको जनाएको छ।

Related Post