रास्वपामा फेरि ठूलो भूकम्प स् सुमना श्रेष्ठपछि सन्तोष परियारको राजीनामा, अब पार्टीको भविष्य के होला ?

14 November, 2025 133 Views
रास्वपामा फेरि ठूलो भूकम्प स् सुमना श्रेष्ठपछि सन्तोष परियारको राजीनामा, अब पार्टीको भविष्य के होला ?
133

कात्तिक, काठमाडौं । नयाँ राजनीतिक विकल्पको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लगातार देखिएको नेताहरूको बहिर्गमनले पार्टीभित्रको संकट खुलेर सतहमा आएको छ। सुमना श्रेष्ठले पार्टी छोडेको केही समयमै निबर्तमान सांसद तथा संसद प्रमुख सचेतक सन्तोष परियारले पनि राजीनामा दिएपछि रास्वपाको भविष्यबारे गम्भीर बहस फेरि चुलिएको छ।

पार्टी स्थापनाकै समयदेखि ‘अवसरबादी’, ‘अनुभवहीन नेतृत्व’ र ‘आन्तरिक कार्यशैली’ मा प्रश्न उठ्दै आएको रास्वपा पछि सभापति रबि लामिछानेको नागरिकता र सहकारी प्रकरणले थप बिवादित बनेको रास्वपा अहिले यसको प्रभावशाली नेताहरुले लगातार पार्टी छोडिरहँदा अहिले सबैभन्दा चुनौतीपूर्ण मोडमा पुगेको देखिन्छ। रास्वपाका प्रभावशाली नेतामध्ये एक मानिएका परियारले पार्टीभित्र निर्णय प्रक्रियामा पारदर्शिता नहुँदै आएको, विचार र कार्यशैलीमा मतभेद बढ्दै गएको तथा आन्तरिक संवाद कमजोर भएको कारण देखाएर पार्टी त्यागेको बताइएको छ।

उनको राजीनामा सुमना श्रेष्ठपछिको अर्को ठूलो धक्का मानिएको छ, जसले पार्टी नेतृत्वमाथिको आस्था र विश्वास कमजोर भएको संकेत दिन्छ। रास्वपाले सुरुमा जनतामा निर्माण गरेको ‘नयाँ राजनीति’ को छवि पछिल्लो समय लगातार कमजोर हुँदै गएको संकेत यही बहिर्गमनले दिएको छ।

सन्तोष परियारले राजीनामा दिँदै निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उनले त्यसलाई आफ्नो कमजोरकोरूपमा लिएको बताएका छन् । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दुस्खी रहेको बताउदै   राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन ।। यसअघि सुमना श्रेष्ठ र अहिले सन्तोष परियार एकपछि अर्को प्रस्थानले रास्वपाको नेतृत्वप्रति जनविश्वास कमजोर भएको प्रत्यक्ष प्रमाण दिएको छ।

यस्ता घटनाले पार्टीको संगठनात्मक संरचना, आन्तरिक समन्वय र भविष्यको दिगो यात्रामा गम्भीर प्रश्न खडा गरेको छ। नियमित रूपमा लोकप्रियता बढाउँदै आएको रास्वपा अहिले सबैभन्दा चुनौतीपूर्ण मोडमा पुगेको छ। शहरी युवामध्ये पार्टीसँग ठूलो अपेक्षा राखेका धेरै अनुयायीहरूमा निराशा फैलिएको देखिन्छ, जसले जनमतमा गिरावट देखिन थालेको स्पष्ट संकेत दिन्छ।

अब रास्वपाको भविष्य तीनै सम्भावनाबीच घुमिरहेको छ—यदि नेतृत्वले छिट्टै आन्तरिक संवाद मजबुत गर्दै, पारदर्शिता बढाउँदै, संगठनात्मक सुधारका पहल गरेमा पार्टी पुनः उठ्न सक्छ। तर असन्तुष्टि झन् फैलिन थालेमा थप नेताहरू बाहिरिन सक्ने सम्भावना उस्तै छ, जसले पार्टीलाई कमजोर बनाउँदै लैजानेछ। उता, नयाँ वैकल्पिक राजनीतिक शक्तिहरू उदाउने जोखिम रास्वपाले टार्न सकेको छैन।

Related Post