रोशी खोलामा एक महिला शव भेटियो

08 October, 2025 73 Views
रोशी खोलामा एक महिला शव भेटियो
73

असोज, काभ्रेपलाञ्चोक। रोशी खोलास्थित काभ्रेपलाञ्चोकको रोशी(११ माम्तीमा एक महिलाको शव फेला परेको छ । रोशी गाउपालिका(९ का वडा अध्यक्ष शिशिर लामा ‘जनम’ का अनुसार रोशी ११ माम्तीमा भेटिएको शव रोशी-९ मंगलटारको आन्दाजी ७८ वर्षीय लक्ष्मी मलेपतीको भएको जानकारी दिए । ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार हिजो देखि घरबाट निस्किएकी घर आएकी थिइनन्।

मलेपतीलाई कहाँबाट बगाएर माम्तीमा पुगेको बारे अनुसंधान भईरहेको र उनको शव तेमालको बाटो हुदै धुलिखेल पठाउन लागेको कार्कीले जानकारी दिए । 

Related Post