राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई।

10 May, 2026 44 Views
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई।
44

कोहलपुरबाँकेको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ। शिखा एकेडेमी र नेपालगन्ज स्विमिङ क्लबले शनिबार कोहलपुरमा आयोजना गरेको 'दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक प्राप्त गर्दै शिखा स्कुलले उपाधि चुमेको हो।

प्रतियोगितामा १०१ अंकका साथ लिटिल एञ्जल्स स्कुलललितपुर दोस्रो र १९ अंकका साथ बागेश्वरी एकेडेमीकोहलपुर तेस्रो भए। यस्तै८ अंक ल्याएर सोफिया रेजिडेन्सियल स्कुलनेपालगन्ज चौथो र ५ अंकका साथ लुम्बिनी वर्ल्ड स्कुलरूपन्देही पाँचौँ भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिनुभयो।

प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलका विभूषण शाक्य (छात्र) र लूनिरा शाक्य (छात्रा) ले जनही ६-६ वटा स्वर्ण पदक जित्दै 'सर्वोत्कृष्ट खेलाडीघोषित भए। देशभरका २४ विद्यालयका १०२ जना विद्यार्थीहरूले यस प्रतियोगितामा भाग लिएका थिए।

कार्यक्रममा आयोजक शिखा एकेडेमीका प्रतियोगिता संयोजक सूर्यमणि अधिकारीले अघिल्लो वर्ष जिल्ला स्तरीय प्रतियोगिता गरेकोमा यस वर्ष राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले आगामी कात्तिक महिनामा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नुभयो।

यसअघिकोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। उपप्रमुख सुवेदीले कोहलपुर क्षेत्रका विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप र खेलकुदका माध्यमबाट नगरलाई देशभर चिनाउने काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो।

 

Related Post