राष्ट्रिय सभामा आज बजेटमाथि निर्णयक बहस, सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल हुँदै

03 July, 2026 63 Views
राष्ट्रिय सभामा आज बजेटमाथि निर्णयक बहस, सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल हुँदै
63
सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठकमा आज विनियोजन विधेयक, २०८३ माथि केन्द्रित रहेर महत्त्वपूर्ण छलफल हुँदैछ।  ज अपराह्न १:१५ बजे बस्ने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई मुख्य प्राथमिकता दिइएको छ।
 बैठकको प्रारम्भमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको "आर्थिक विधेयक, २०८३" र "राष्ट्र ऋण उठाउने विधेयक, २०८३" लाई सभासमक्ष टेबल गर्ने कार्यसूची रहेको छ। 
त्यसलगत्तै विनियोजन विधेयक अन्तर्गतका विभिन्न मन्त्रालय र निकायहरूका बजेट शीर्षकहरूमाथि सांसदहरूले समूहीकृत रूपमा आफ्नो धारणा तथा खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
आजको यस विशेष छलफलमा देशका प्रमुख सात मन्त्रालय तथा निकायहरूको बजेट विनियोजनमाथि गहन विचार-विमर्श गरिनेछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयका विनियोजन शीर्षकहरू यस बहसको केन्द्रमा रहनेछन्। 
यसअघि बिहीबारको बैठकमा अन्य नौ मन्त्रालयका बजेट शीर्षकमा छलफल भइसकेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार यसरी दफावार रूपमा उठाइएका प्रश्न र सुझावहरूको सम्बन्धित मन्त्रीहरूले आगामी असार २२ र २३ गते जवाफ दिने गरी समय निर्धारण गरिएको छ।

Related Post