रौतहटमा करेन्ट लागेर पूर्ववडाध्यक्षको मृत्यु

23 October, 2025 106 Views
रौतहटमा करेन्ट लागेर पूर्ववडाध्यक्षको मृत्यु
106

कार्तिक, रौतहट। रौतहटमा करेन्ट लागेर पूर्ववडाध्यक्षको मृत्यु भएको छ । गौर नगरपालिका वडा -५ मा करेन्ट लागेर ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले बताए। डीएसपी कार्कीका अनुसार बुधबार दिउँसो करिब ४ बजेर १५ मिनेटको समयमा आफ्नै खेतबारीमा मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजादैगर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सोही वडाका पूर्व वडा अध्यक्ष थिए । उनको शव हाल प्रादेशिक अस्पताल गौरमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । डीएसपी कार्कीले भने, ‘ मानवीय क्षति केही छैन । ब्याट्री सट भएर आगो लागेको थियो।’ 

Related Post