19
चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ।
पार्टी सभापति रवि लामिछाने ले मतदान गरेसँगै निर्वाचनको पहिलो चरणको मतदान प्रक्रिया सम्पन्न भएको हो। मतदान गत राति १२ बजेदेखि सुरु भएको थियो।
निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य पदका लागि ३७९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए। मतदान प्रक्रियामा कुल २ हजार ९५९ मत खसेको जनाइएको छ।
पहिलो चरणको मतदान सम्पन्न भएसँगै अब पार्टीको पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको निर्वाचनलाई पार्टीभित्रको महत्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा हेरिएको छ।