सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै एमालेको आपत्ति, रुलिङ गर्न माग

16 June, 2026 142 Views
सभामुख बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै एमालेको आपत्ति, रुलिङ गर्न माग
142

काठमाडौं । नेकपा एमालेले सभामुख बैठक कक्षमा प्रवेश गर्दै गर्दा दुई मन्त्री नउठेको भन्दै आपत्ति जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० को खण्ड क मा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने भन्ने विषय उल्लेख गरिएको बताए।

उनले भने, ‘अघि बैठक स्थगित गरिसकेपछि बैठक सुरु गर्दै गर्दा सभामुख बैठक कक्षमा प्रवेश गर्दै गर्दा दुई जना मन्त्रीले उठेर सम्मान गर्नुभएको छैन, बसिरहनुभएको छ, यसले हामीलाई एकदम चिन्तित र गम्भीर बनाएको छ। त्यो भिडिओ रेकर्ड चेक गरेर रुलिङ गर्न माग गर्दछु।’

सदनमा अहिले अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानूनमन्त्री सोविता गौतम, नवप्रवर्तनमन्त्री महावीर पुन र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ सहभागी छन्। तर उनले दुई मन्त्री भने पनि नउठ्ने मन्त्रीको नाम लिएनन्।

ण्ण्ण्

Related Post