सभामुखले थाले विघटित प्रतिनिधि सभाका दलसँग छलफल, सबै दल पुेग तर रास्वपा अनुपस्थित

15 October, 2025 301 Views
सभामुखले थाले विघटित प्रतिनिधि सभाका दलसँग छलफल, सबै दल पुेग तर रास्वपा अनुपस्थित
301

असोज, काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पहिलोपटक सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका तत्कालीन प्रमुख सचेतकसहितको छलफल आयोजना गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको छलफलमा विघिटित प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपा भने सहभागी छैन । विघटन असंवैधानिक भएकाले पुनस्र्थापनाको लागि अदालत जाने विकल्पबारे समेत बैठकमा छलफल भइरहेको छ ।

सभामुखको कार्यकक्षमा भएको छलफलमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका श्याम घिमिरे,एमालेका महेश बर्तौला,माओवादी केन्द्रका हितराज पाण्डे,राप्रपाका ज्ञानेन्द्र शाही,नेकपा एसका राजेन्द्र पाण्डे,जसपाकी रेखा यादवलगायत सहभागी छन् ।

 

Related Post