सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो
58

मंसिर, काठमाडौं । सिंहदरबार क्षेत्रलाई लक्षित गर्दै प्रवेश गर्न खोजेको जेनजी समूहलाई प्रहरीले रोक्दै त्यहाँबाट हटाएको छ। मंगलबार बिहान जेनजीका केही युवाहरू सिंहदरबारतर्फ पैदल अघि बढ्न खोजेपछि सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई निषेधित क्षेत्र नजिकै रोकेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिंहदरबार क्षेत्रमा निषेधित क्षेत्र उल्लङ्घन गरेपछि जेनजी समूहलाई रोक्नु पर्‍यो। उनका अनुसार सरकारी संरचनामाथि अनावश्यक तनाव सिर्जना हुन नदिन प्रहरी तत्पर रहेको र समूहलाई शान्तिपूर्ण रूपमा त्यहाँबाट हटाइएको हो।

यसअघि पनि जेनजी समूह अनामनगरस्थित भाटभटेनी आसपासमा भेला भएको सूचना पाएपछि प्रहरीले त्यहाँबाट उनीहरूलाई परसम्म हटाएको प्रहरीले जनाएको छ। भट्टराईका अनुसार संवेदनशील क्षेत्र भएकाले सुरक्षाकर्मीले कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडाइका साथ निगरानी गरिरहेको छ। प्रहरीले जेनजी समूहलाई शान्तिपूर्ण व्यवहार अपनाउन र निषेधित क्षेत्रको मर्यादा पालना गर्न आग्रह गरेका छन्।

Related Post