सिंहदरबार छिर्न नपाएपछि मिराज र रविकिरणसहित २१ जेन-जी समूहले गेटमै टाँसे मागपत्र

सिंहदरबार छिर्न नपाएपछि मिराज र रविकिरणसहित २१ जेन-जी समूहले गेटमै टाँसे मागपत्र
94

मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन जेन-जीका विभिन्न समूह भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर त्यत्तिकै फर्काएका छन् ।  मिराज ढुंगाना, रविकिरण हमाललगायतका जेनजी अगुवाहरू सिंहदरबार मागपत्र लिएर पुगेका थिए ।

लाखौँ युवा देशभरि सडकमा उत्रिएर गरिएको विद्रोह फगत ०८४ सालको निर्वाचन ०८२ सालमा गर्नको लागि मात्र नभएको उनीहरूको भनाइ छ ।

निर्वाचन आयोगमा दर्ता भएका दल, विघटित प्रतिनिधिसभाका सांसद तथा मन्त्रीहरूको चल-अचल सम्पत्ति रोक्का गर्न र हालसम्म उच्च पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउन पनि उनीहरूको माग छ ।

जेन-जीका विभिन्न २१ समूहले कार्की सरकारले आफूहरूको माग पूरा गर्न नसक्ने र घाइते तथा शहीदको सपना साकार पार्न सम्भव नभएको निष्कर्ष निकालेका छन् । उनीहरूले माग पूरा गर्न ७ दिनको अल्टिमेटम दिँदै बेवास्ता गरे कार्की सरकार गठनमा आफूले गरेका गल्तीको माफी माग्दै पुनस् संघर्षमा जाने चेतावनी दिएका छन् । विद्रोहमा होमिएका युवाविरुद्ध कसिएर षड्यन्त्र गरिरहेको देखिएको भन्दै उनीहरूले विभिन्न माग अघि सारेका छन् ।

Related Post