सिंहदरबारमा जेनजी सहिद स्मारक पार्क निर्माणको शिलान्यास

सिंहदरबारमा जेनजी सहिद स्मारक पार्क निर्माणको शिलान्यास
44

काठमाडौं । सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क, सालिक तथा स्तम्भ’ निर्माणको शिलान्यास गरिएको छ।

गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका सहिदहरूको योगदानलाई स्मरण गर्दै उनीहरूको सम्मानमा स्मारक निर्माण महत्वपूर्ण रहेको बताए।

गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि हालको सरकार गठन भएको हो।

यसैबीच, सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउँदै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Related Post