Sajilo Attendance: नेपालमा डिजिटल हाजिरी र Payroll व्यवस्थापनको स्मार्ट समाधान

06 November, 2025 225 Views
Sajilo Attendance: नेपालमा डिजिटल हाजिरी र Payroll व्यवस्थापनको स्मार्ट  समाधान
225

नेपालमा हाजिरी व्यवस्थापनलाई स्मार्ट, पारदर्शी र सहज बनाउन लक्ष्यित ‘Sajilo Attendance’ एप नेपाली युवाहरूको टोलीले औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो आधुनिक डिजिटल HR प्रणालीमार्फत कार्यालयमा कार्यरत कर्मचारीहरूको Attendance व्यवस्थापन, समय नियन्त्रण, बिदा स्वीकृति, ओभरटाइम तथा Payroll (तलब गणना) जस्ता कार्यहरू मोबाइल वा वेबबाटै छिटो र सजिलै सञ्चालन गर्न सकिने सुविधा उपलब्ध छ।

यस एपमा GPS Location भेरिफाइड Attendance, Face ID तथा Fingerprint Login, Real-Time Dashboard, Multi-Branch Monitoring, Leave र Overtime Approval System, Payroll Auto Calculation लगायतका अत्याधुनिक सुविधाहरू समावेश गरिएको छ। HR वा एडमिनले मोबाइल वा कम्प्युटरबाटै कुन कर्मचारी कहिले आए, कहाँबाट Attendance गर्‍यो, कति समय सक्रिय रहे, र को बिदामा छ भन्ने सम्पूर्ण विवरण केही सेकेन्डमै हेर्न सक्छन्।

Attendance प्रणालीसँगै Payroll स्वचालित रूपमा एकीकृत भएकाले, उपस्थितिको आधारमा तलब, बोनस, ओभरटाइम भुक्तानी तथा कर कटौती समेत स्वचालित रूपमा गणना हुन्छ। यसले कागजी रजिस्टर तथा Excelमा भर पर्ने पुरानो प्रणालीलाई विस्थापन गर्दै कार्य सम्पादनलाई छिटो, व्यवस्थित र विश्वसनीय बनाएको छ।

प्रयोगकर्ता संस्थाहरूका अनुसार, ‘Sajilo Attendance’ ले कार्य गति बढाएको, मानव त्रुटि घटाएको, कर्मचारीको जिम्मेवारी बोध अभिवृद्धि गरेको तथा व्यवस्थापन प्रक्रियालाई अझ पारदर्शी, विश्वसनीय र परिणाममुखी बनाएको छ। उनीहरू भन्छन्— “पहिले Attendance र Payroll मिलाउन धेरै समय लाग्थ्यो, तर अहिले केही मिनेटमै सबै रिपोर्ट तयार हुन्छ।”

‘Sajilo Attendance’ केवल Attendance ट्र्याक गर्ने एप मात्र होइन, सम्पूर्ण कार्यालय व्यवस्थापनलाई डिजिटल रूपान्तरण गर्ने एक विश्वसनीय HR Solution हो। हाल यो एप Google Play Store र Apple App Store दुबैमा उपलब्ध छ, र इच्छुक संस्थाहरूले www.sajiloattendance.com मार्फत नि:शुल्क डेमो वा ट्रायल सेवा अनुरोध गर्न सक्छन्।

Google Play Store: https://play.google.com/store/apps/details?id=com.sajiloattendance.app

Apple App Store: https://apps.apple.com/np/app/sajilo-attendance/id6744957225

Related Post