स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु

21 October, 2025 102 Views
स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु
102

कात्तिक,चितवन । भरतपुर महानगरपालिका–१० एयरपोर्ट नजिक गएराति स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। गएराति करिब २ बजे बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र ऐ.ऐ. बस्ने २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए । 

घाइते दुबै जनालाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा, उपचारकै क्रममा राति २ बजेर ३५ मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका जनाइएको छ। स्कुटर तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। मृतक दुबैजनाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ ।

Related Post