92
मंसिर,काठमाडौँ । २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन् । त्यस्तै रोजगारीको ग्यारेन्टी, २०४६ साल यताको श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण, २०४६ साल यताको सरकारी गुठी र शिक्षा क्षेत्रको जग्गा फिर्ता गर्न माग गरेका छन् ।
त्यस्तै उनीहरुले प्रत्येक जिल्लामा श्रम कारागार निर्माण गर्न, संवैधानिक राजसंस्थासहितको वैदिक सत्य सनातनी हिन्दु राज्यको माग राखेका छन् ।