समयमा निर्बाचन हुन नसके मुलुक नयाँ जोखिममा जान सक्छ : सञ्चारमन्त्री खरेल

19 November, 2025 211 Views
समयमा निर्बाचन हुन नसके  मुलुक नयाँ जोखिममा जान सक्छ : सञ्चारमन्त्री खरेल
211

मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्बाचन समयमा हुन नसके धेरै जोखिम हुन सक्ने बताएका छन् । उनले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताए । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधवार भएको छलफलमा उनले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताएका हुन् । उनले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने समेत बताए । निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए ।

उनले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरूलाई समेत आग्रह गरे । उनले निर्वाचन सम्पन्न गराउने राष्ट्रिय सभा र संसदीय समितिहरूको महत्वपूर्ण भुमिका हुने उल्लेख गरे ।‘हामी तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाइरहेका छौँ । आज पनि १२३ वटा राजनितिक दलसँगको मिटिङ सरकारसँग छ । राजनीतिक दलसँग हामी निरन्तर संवादमा छौँ, त्यो वातावरण बनाइरहेको छौँ । सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडि बढाउने काममा हामी अगाडी बढीरहेका छौँ,’ मन्त्री खरेलले भने, ‘यसमा महत्त्वपुर्ण रुपमा जोडिएको सम्मानित संसद, राष्ट्रिय सभा, समितिका माननीय सदस्यज्यु, समितिका सभापतिज्यूहरू सबैलाई म के अनुरोध गर्न चाहन्छु भने चुनाव हुने बाटोमा मुलुकलाई अगाडी बढाउनुपर्छ । नत्र जोखिम धेरै छन्, हामी अगाडी । यो बाटोमा अगाडी बढाउने कुराहरूमा माननीयज्युहरूको, सभापतिको महत्वपूर्ण भुमिका हुन्छ ।’ उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि अगाडि बढाइरहेको जानकारी दिए ।

Related Post