सुनचाँदीको मूल्य घट्यो, छापावाल सुन तोलामा १७०० रुपैयाँले घट्यो

25 September, 2025 121 Views
सुनचाँदीको मूल्य घट्यो, छापावाल सुन तोलामा १७०० रुपैयाँले घट्यो
121

काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ, जुन बुधबारको तुलनामा १७०० रुपैयाँले कम हो। बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख २३ हजार रुपैयाँ रहेको थियो।

साथै चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ७०० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर २ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Related Post