भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लक्सनबीच कुराकानी

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लक्सनबीच कुराकानी
9

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत र पुनःस्थापनाका काम तीव्र रूपमा अघि बढिरहेको जानकारी गराएका छन्। उनले न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

प्रधानमन्त्री शाहले विपद्पछि न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहयोगका लागि प्रधानमन्त्री लक्सनलाई धन्यवाद दिएका छन्।

त्यसैगरी, जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा जलवायुजन्य क्षति तथा नोक्सानीका लागि आवश्यक वित्तीय सहयोग जुटाउन न्युजील्याण्डले रचनात्मक भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

वार्तामा न्युजील्याण्डका प्रधानमन्त्री लक्सनले नेपालले भोगिरहेको विपद्को अवस्थाप्रति दुःख व्यक्त गर्दै न्युजील्याण्ड सरकार र जनताका तर्फबाट समवेदना तथा ऐक्यबद्धता प्रकट गरेका छन्।

Related Post