सुनको भाउ घट्यो, एकैदिन ४ हजार ८ सय रुपैयाँ सस्तो

सुनको भाउ घट्यो, एकैदिन ४ हजार ८ सय रुपैयाँ सस्तो
41

सुन किन्नेहरूका लागि आज राहतको खबर—सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार ३ लाख ५ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ४ हजार ८ सय रुपैयाँले घटेको हो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा झरेको छ।

Related Post