सुनको भाउ ९ सय रुपैयाँ घट्यो

सुनको भाउ ९ सय रुपैयाँ घट्यो
59

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Related Post