112
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। प्रतितोला ५५ रुपैयाँले बढ्दै चाँदी आज प्रतितोला २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ।