सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको जिम्मा लिनु भनेर प्रस्ताव गरेको थियो तर अस्वीकार गर्नुभयोः ज्ञानेन्द्र शाही

26 October, 2025 168 Views
सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको जिम्मा लिनु भनेर प्रस्ताव गरेको थियो तर अस्वीकार गर्नुभयोः ज्ञानेन्द्र शाही
168

कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वसांसद ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गर्नुभन्दा अगाडि नै नेपाली सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको जिम्मा लिन प्रस्ताव गरेको दाबी गरेका छन् । ज्ञानेन्द्रले एक अन्तर्वार्तामा निर्मल निवासमै पुगेर नेपाली सेनाले पूर्वराजा ज्ञानेन्द्रलाई देशको जिम्मा लिनु भनेर प्रस्ताव गरेको तर, पूर्वराजाले ठूलो आन्दोलनबाट आएको परिवर्तनलाई आफ्नो स्वार्थका लागि बस्नु ठिक हुन्न भनेर प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन् । जेनजी आन्दोलनपछि अन्तरिम सरकार बन्नु अगाडि नेपाली सेनाले देशको जिम्मा पूर्वराजालाई दिएर राजतन्त्र पुनःस्थापना गर्न लागेको भनेर चर्चा हुँदा त्यसको व्यापक विरोध समेत भएको थियो । 
ज्ञानेन्द्र शाहीले भनेका छन् : 
राजा ज्ञानेन्द्र शाह कहाँ गएर प्रधानसेनापतिले तपाईले लिनुपर्‍यो भन्दा राजाले के भन्नु भयो भने, यत्रो विध्वंसबाट आएको चिजलाई मेरो स्वार्थ लागि म यसमा बस्नु हुन्न भनेर राजाले रिजेक्ट गर्नु भएको हो, आज त थाहा भयो नि राजा र नेतामा कति फरक रैछ भनेर

Related Post