सुनसरीपछि सिरहामा पनि सहमतिको प्रयास, गृहमन्त्री त्यतैतर्फ

31 July, 2026 69 Views
सुनसरीपछि सिरहामा पनि सहमतिको प्रयास, गृहमन्त्री त्यतैतर्फ
69

काठमाडौं। सुनसरीको देवानगञ्ज गोलीकाण्डका मृतकका परिवारसँग ७ बुँदे सहमति गरेपछि गृहमन्त्री सुधन गुरुङ सिरहातर्फ प्रस्थान गरेका छन्। सिरहामा भएको घटनाका मृतकका परिवारसँग पनि छलफल गरी सहमति गर्ने उद्देश्यले उनी त्यसतर्फ लागेको प्रहरीले जनाएको छ।

गृहमन्त्री गुरुङ बिहीबार सुनसरी पुगेका थिए। मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग राति भएको वार्तापछि ७ बुँदे सहमति भएको थियो।

सहमतिपछि मृतकका परिवारले शुक्रबार शव बुझ्ने सहमति जनाएका थिए। तर, सिरहामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग पनि सरकारले सहमति गर्नुपर्ने अडान राखिएपछि गृहमन्त्री त्यहाँ जान लागेको प्रहरी स्रोतले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय कोशीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार गृहमन्त्री शुक्रबार दिउँसो सिरहातर्फ प्रस्थान गरेका हुन्। सिरहा घटनासम्बन्धी विषयमा छलफल गर्न उनी त्यहाँ गएको प्रहरीले जनाएको छ।

 
 
 
 
 
 
 

Related Post