सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

14 January, 2026 99 Views
सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा
99

पौष, सिन्धुली ।  सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई स्थानीयले पक्राउ गरेका छन् ।

स्थानीयले सोही गाउँपालिकाको वडा नम्बर– १, सुकाचुरीबाट ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका छन् । स्थानीयबाट खबर पाएलगत्तै प्रहरी टोली त्यसतर्फ जाँदै गरेको छ । मंगलबार साँझ करिब ७ः४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटपाट भएको थियो

कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ। घ्याङलेख शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट भएको पुष्टि भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Related Post