सञ्चारमन्त्रीको गुणासो : फेक न्युजले सरकारलाई सताइरहेको छ

12 October, 2025 319 Views
सञ्चारमन्त्रीको गुणासो :  फेक न्युजले सरकारलाई सताइरहेको छ
319

असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सामाजिक सञ्जालमा फैलिरहेका फेक कन्टेन्ट र भ्रमपूर्ण सूचनाले सरकारलाई चुनौती दिइरहेको बताए।

मन्त्री खरेलले प्रेस काउन्सिल नेपाललाई फेक न्युज नियमन र अनुगमनमा सशक्त हुन आग्रह गर्दै टास्क फोर्स गठन गर्न सुझाव दिएका छन्। उनले भने, “सामाजिक सञ्जालमा २० हजारभन्दा बढी प्लेटफर्मले गलत, एआई(जनरेटेड कन्टेन्ट फैलाइरहेका छन्, जसले जनता भ्रमित भइरहेका छन्। यसलाई अनुगमन र कानुनी दायरामा ल्याउन हामी गम्भीर हुनुपर्छ।” उनले प्रेस काउन्सिललाई स्वायत्त र स्वतन्त्र ढंगले काम गर्न, साथै एक साताभित्र निगरानी प्रणाली सुरु गर्न निर्देशन दिएका छन्। सारांशमा, फेक न्युजले सरकारलाई दबाब दिइरहेको, र यसलाई रोक्न प्रेस काउन्सिललाई सक्रिय बनाउनुको आवश्यकता रहेको मन्त्री खरेलको भनाइ हो।

Related Post