सञ्चारमन्त्रीलाई बुझाइयो टेलिकम बिलिङ ठेक्का अध्ययन प्रतिवेदन

20 November, 2025 130 Views
सञ्चारमन्त्रीलाई बुझाइयो टेलिकम बिलिङ ठेक्का अध्ययन प्रतिवेदन
130

कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नगर्ने प्रष्टीकरण दिएका छन् ।

बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री खरेलले प्रतिवेदनकै आधारमा टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नहुने बताए ।

कानूनको पालना गर्दै टेलिकमलाई खरिद कार्य अघि बढाउन स्वायता प्रदान गरिएको उनको भनाइ छ । अध्ययन प्रतिवेदन आन्तरिक प्रयोजनका लागि मात्रै भएको भन्दै उनले प्रतिवेदन प्रधानमन्त्रीकहाँ पनि बुझाइने जानकारी गराए ।
नेपाल टेलिकमको बिलिङ ठेक्कामा सेटिङ भइरहेको बाहिरिएपछि खरेलले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा ७ सदस्यीय अध्ययन समिति बनाएका थिए ।

Related Post