सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

25 August, 2026 72 Views
सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ
72

काठमाडौं । सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा उनकी कान्छी आमा पक्राउ परेकी छन्। पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोलकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन रहेकी छन्।

प्रहरीका अनुसार भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित घरपछाडिको झाडीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि बालिकाकी आमा रुबिना खातुनले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले जास्मिनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनले बालिकाको हत्या आफूले गरेको स्वीकार गरेकी छन्। जास्मिन मृतक बालिकाका बुबाकी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ। पक्राउ परेकी जास्मिनलाई जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Post