सौराहा घुम्न आएकी किशोरीको होटलको चौथो तलाबाट खसेर मृत्यु

सौराहा घुम्न आएकी किशोरीको होटलको चौथो तलाबाट खसेर मृत्यु
62

मंसिर, चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी पर्यटकको होटलको छतबाट खसेर मृत्यु छ । रत्नननगर नगरपालिका वडा नम्बर ६, सौराहामा रहेको होटल पार्क साइटको चार तला माथिबाट खसेर ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।

चितवनमा प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षकी स्नेहा पाख्रिनको ज्यान गएको हो । बुधबार राति ११ बजेर १० मिनेट जाँदा होटलको छतबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनको उपचारक्रममा बकुलहर अस्पतालमा ज्यान गएको डिएसपी खनालले जानकारी दिए ।

Related Post