सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै हुने

12 August, 2026 56 Views
सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै हुने
56

काठमाडौँ । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले बुझाउने निवेदनको ढाँचा एउटै बनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै देशभरका सरकारी कार्यालयमा लागू गर्न निर्देशन दिएको हो।

नयाँ व्यवस्थापछि नागरिकले कार्यालयअनुसार फरक–फरक ढाँचामा निवेदन लेख्नुपर्ने समस्या हट्ने सरकारको विश्वास छ। निवेदनको ढाँचा सरल र नागरिकमैत्री बनाउनुका साथै डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने व्यवस्था गरिनेछ।

यसबाट भविष्यमा सरकारी सेवा अनलाइन वा मोबाइल एपमार्फत लिन सहज हुने अपेक्षा गरिएको छ। साथै, निवेदन लेख्नका लागि कार्यालय परिसरमा हुने अनधिकृत सेवा सहजीकरणलाई पनि निरुत्साहित गर्ने सरकारको भनाइ छ।

मार्गदर्शन कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित सरकारी कार्यालयका प्रमुखलाई दिइएको छ।

Related Post