सुर्खेतमा तीन ईभी गाडीबाट खैरो हेरोइन बरामद, चार जना पक्राउ

10


सुर्खेत । सुर्खेतमा खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

बुधबार राति नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका तीनवटा ईभी गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का प्रकाश सुनार, मानबहादुर बादी र सुमन नेपाली तथा कालिकोटको नरहरिनाथ गाउँपालिका–८ स्थायी घर भई हाल वीरेन्द्रनगर–२ बस्ने जितु विष्ट रहेका छन् ।

प्रहरीले क.प्र.००१ ज०७०९, क.प्र.०२–००१ ज ०७४८ र क.प्र.०२००१ ज ०८८० नम्बरका ईभी गाडीमा चेकजाँच गर्दा उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Post