33
काठमाडौं । धनुषामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जिल्लाको मिथिला नगरपालिका–१० स्थित सडकमा बुटवलबाट झापातर्फ जाँदै गरेको लु.प्र.०१–००१ च २५९९ नम्बरको कारले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो।
शुक्रबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरकारी अस्पताल बर्दिबासमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
दुर्घटनापछि प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।