55
धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित ९ जना घाइते भएका छन्।
आज राति करिब १ः५५ बजे रुबीभ्याली गाउँपालिका–४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो बाटोमा अनियन्त्रित भई करिब ४०० मिटर तल सडकमा खसेको हो।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा बोलेरो चालकसहित अन्य ९ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी छ।