सर्वोच्च अदालतको आगो जेनजी आन्दोलनको भोलिपल्टै निभिसकेको नेपाली सेनाको दाबी

17 October, 2025 343 Views
सर्वोच्च अदालतको आगो जेनजी आन्दोलनको भोलिपल्टै निभिसकेको नेपाली सेनाको दाबी
343

असोज, काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतको आगो जेनजी आन्दोलनको भोलिपल्टै निभिसकेको दाबी गरेको छ । गत २३ भदौको जेनजी आन्दोलन र भोलिपल्ट सिर्जित घटनाक्रमबारे जानकारी दिन शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले भने, ‘सर्वोच्च अदालतको आगो भोलिपल्ट निभिसकेको छ । अब तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाइएको हो भन्ने कुराहरू पनि समाचारमा आएको छ । म त्यतातिर खण्डन गर्न पनि चाहन्नँ ।‘ ती अधिकारीले भने, ‘भोलिपल्ट सर्वोच्च अदालतको आगो निभेको म यहाँहरूलाई एकदम प्रष्ट साथ भन्न चाहन्छु ।

‘उनले मध्यराति १२ बजे ललितपुरको एउटा काष्ट उद्योगमा आगो निभाइरहेको थाहा पाएपछि त्यहाँको गणपतिलाई फोन गरेर बोलाएको प्रष्ट पारे । ‘मैले प्रष्टसँग त्यहाँको गणपतिलाई होइन यहाँ यत्रो महत्त्वपूर्ण भवनहरूमा आगलागी भइराखेको छ । सिंहदरबार, सर्वोच्च अदालत तुरुन्त त्यहाँको काम छोडेर पठाउ भनेपछि मध्यरातमा आएर ललितपुरको पनि दमकलबाट हामीले आगो निभाएका हौं ।‘उनले काठमाडौंमा उपलब्ध १८ वटा दमकलमध्ये ११/१२ वटा दमकल प्रयोग गर्न सकेको बताए ।‘अरू दमकलहरू विभिन्न कारणले चल्न सकेन,‘ उनले भने, ‘तर जति उपलब्ध छन्, एयरपोर्टको आफ्नै प्रावधानहरू भए पनि त्यहाँ पनि अनुरोध गरेर जताततै आगो निभाउने काम भएको हो ।‘ सेनाका अधिकारीले पत्रकारहरूको जिज्ञासामा सम्भव भएजति छिटो आगलागी नियन्त्रण गर्न प्रयत्न गरेको बताए ।

‘जुन किसिमको आगो लागेको थियो हामीसँग जति दमकल उपलब्ध थियो, त्यो ज्यादै नै छिटो समयमा एकदम द्रुत गतिमा आगो निभाइएको हो,’ उनले भने । हिल्टन होटलमा लागेको आगो अग्लो भएको र दमकलमा त्यति अग्लो भर्‍याङ नभएकोले चौथो दिनसम्म आगो रहिरहेको उनले बताए ।

Related Post