49
असोज, काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार नेपालीको सरकार नभएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । गुण्डुमा आयोजित सभालाई सम्बोधनका क्रममा ओलीले यस्तो भनेका हुन् । “यो नेपालीको सरकार होइन । अन्त कसको थाहा छैन”, ओलीले भनेका छन्, “कोही जनताले छानेको सरकार होइन ।” कार्की सरकार कसैको निश्चित उद्देश्य पूरा गर्नका लागि बनेको ओलीको टिप्पणी छ ।
“उहाँहरु एउटा खास उद्देश्य काम गरिरहनु भएको छ, उहाँहरु मुलुकका निम्ति जनताको निम्ति केही गर्दै हुनुहुन्न”, ओलीले भनेका छन् । कार्की सरकार लोकतन्त्र र संविधान मास्ने गरी बनेको आरोप ओलीको छ । “यो संविधानअनुसार बनेको सरकार होइन, बलमिचाइँबाट बनेको सरकार हो, लोकतन्त्रको जग भत्काएर बनेको सरकार हो”, ओलीले भनेका छन् ।