सुत्केरीको मृत्युपछि मृतकका आफन्तले गरे किष्ट अस्पताल तोडफोड

27 October, 2025 330 Views
सुत्केरीको मृत्युपछि मृतकका आफन्तले गरे किष्ट अस्पताल तोडफोड
330

कात्तिक, काठमाडौं । सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तोडफोड गरेका छन् । चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल तोडफोड गरेका हुन् ।

अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीहरूले अस्पतालमा ढुंगामुढा गरेका हुन् । प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई तितरवितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड आश्रुग्यास समेत प्रहार गरेको छ ।

सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।

Related Post