121
काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ राईसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले सञ्चालन गरेको ढाका सिलाई–बुनाई तालिमका प्रशिक्षकसँग घुस मागेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत ४५ हजार रुपैयाँ बिगो कायम गरी सोहीअनुसार कैद तथा जरिवानाको मागदाबी गरेको जनाएको छ ।
राई नेपाली कांग्रेसबाट सोताङ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।